Logo

शान्तीरानीको ‘साइँलो रनभुलमा छ’मा अस्मिता र सुरेशको छमछमी |भिडियो

काठमाडौं । चर्चित गायिका शान्तिरानी परियार र गायक मधु परियारको स्वर समावेश गीति भिडियो ‘साइँलो रनभुलमा छ’ बोलको गीत सार्वजनिक भएको छ । मोडल तथा नृत्याङ्गना अस्मिता पुरीको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा अस्मिता र मोडल सुरेश कोहलीले ठुम्का लगाएका छन् ।

सुन्दरता र जवानीको बयान गरिएको गीतमा अस्मिताले आकर्षक नृत्य गरेकी छन् । ठेट नेपाली परिवेश झल्काउने लोकेशनमा खिचिएको गीतमा दर्जनबढि कोरसको प्रयोग गरिएको छ । भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

नेत्र अर्यालको शब्दमा तयार गीतमा संगीत नन्दु परियारको छ भने एरेञ्ज र मिक्सिङको काम एजबिएन किस्मतले गरेका छन् । नवराज उप्रेतीले उक्त म्युजिक भिडियोलाई दृश्याकङन गरेका छन् ।

Comments