Logo

सुरज र अनुको स्वरमा छल्केको कमल र जुना प्रेम |भिडियो

काठमाडौं । सञ्चारकर्मी तथा गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर समावेश गीति भिडियो ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । युट्यूवमा सार्वजनिक प्रेमिल भावको गीतमा शब्द प्रमोद ढुंगाना र संगीत तथा एरेञ्ज मनोज चौलागाईंको छ ।

गीतको भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा रोहित सिंह ठकुरीको कोरियोग्राफी छ । मेकअप एकता भण्डारीले गरेकी छन भने सम्पादन सौखिन तिमल्सिनाको रहेको म्युजिक भिडियाोका निर्माता निलप्रसाद ईटनी छ्न ।

गायक पौडेलको आज सार्वजनिक भएको यो म्युजिक भिडियो १० औं भिडियो हो । गीतका शब्दानुसार भिडियो मोडलद्वय सिंह र कार्कीको प्रेमिल भाव छल्केको छ । विनोद विष्टले भिडियोको छायांकन गरेका हुन् ।

Comments