Logo

केकीको कोहलपुर एक्सप्रेसः ‘सि ओ डब्लु काउ’ रिलिज (भिडियो)

अभिनेत्री केकी अधिकारीको प्रस्तुतीमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत रिलिज भएको छ । सोमबार दिउँसो ३ बजेको शुभ साइतमा निर्माण टिमले फिल्ममा समावेश पहिलो गीत रिलिज गर्यो । गीतमा केकीसँगै रिमा विश्वकर्मा, विनोद न्यौपाने र गम्भिर बिष्ट फिचरिङमा छन् ।

गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द पनि शिवाकोटीको नै हो । स्वरमा भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । राजन इशानले एरेञ्जको काम गरेका छन् । टिपिकल नेपाली फ्लेभरको गीतमा हिन्दु परम्परा अनुसारको बिहेबारीको कथा जोडिएको छ ।

केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायत लिड रोलमा छन् । ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले फिल्म खिचेका छन् भने निर्मातामा भद्रबहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलागाइँ छन् ।

Comments