बेलायत उड्यो ‘कृ’ टिम, विमानस्थलमा भुवन र जीयाको लुकामारी !
स्टार अभिनेता अनमोल केसी अभिनित फिल्म फिल्म ‘कृ’ प्रदर्शनको मिति नजिकिँदै छ । यहि माघ २६ बाट प्रदर्शनमा आउने फिल्ममा समावेश हुने एक गीत छायाँकनको लागी निर्माण टिम भने शुक्रबार मात्रै बेलायत उडेको छ । स्कटल्याण्डमा उक्त गीत खिचिनेछ ।
शुक्रबार साँझ अनमोलसँगै अभिनेत्री अदिती बुढाथोकी, निर्मात द्वय भुवन केसी र सुबास गिरीसँगै निर्देशक सुरेन्द्र पौडेल, प्रोडक्सन हेड शंकर पाण्डे सहित १० जनाको टिम बेलायत प्रस्थान गरेको हो । उक्त टिममा भुवन केसीकी अघोषित प्रेमिका जीया केसी पनि छिन् , विमानस्थलमा मिडियाकर्मीबाट लुक्ने प्रयास गरेकी जीयालाई अन्ततः भुवनले नै अगाडी ल्याएका थिए ।

भुवनले हात समाएर जीयालाई मिडियाकर्मीमाझ ल्याउँदा उनि लजाएकी देखिन्थिन् । फिल्मको माग अनुसार नै एक गीत विदेशमा खिच्नुपरेकोले त्यसतर्फ प्रस्थान गरेको निर्माण टिमले बताएको छ । माघ १७ गते यो टिम नेपाल फर्किनेछ भने २१ गते नै गीत रिलिज गरिने बताइएको छ ।







