Logo

बिपिनले लिए अहिलेसम्मकै महँगो पारिश्रमिक, निश्चललाई २५ लाख

पछिल्लो समय नेपाली फिल्मको बजार बढ्दै जाँदा कलाकारहरुको पारिश्रमिक पनि राम्रो बन्दैछ । राम्रो काम गर्ने अनि टिक्ने कलाकारहरुले अब फिल्म खेलेरै जीवन धान्न सक्ने आधार बन्दैछ । यो बीचमा यसअघि युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएको खबरले सिने नगरी गर्माएको थियो ।

अब पुनः यस्तै खबर बाहिरिएको छ कि पशुपतिप्रसाद फिल्मका ‘भस्मे डन’ उर्फ अभिनेता बिपिन कार्कीले एक फिल्मको लागी १७ लाख २५ हजार पारिश्रमिक लिएका छन् । ‘फनफनी’ शिर्षक राखिएको फिल्ममा उनि लिड अभिनयमा हुनेछन् । बिपिनले व्याक्तिगत रुपमा नेपाली फिल्ममा लिएको यो अहिलेसम्मकै महंगो पारिश्रमिक हो ।

हरेकजसो फिल्ममा उत्कृष्टमाथी उत्कृष्ट अभिनय पस्किँदै आएका बिपिन अभिनयमा जति अब्बल छन् उत्तिकै दर्शकलाई न्याय दिन पनि । उक्त फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् । निश्चलले २५ लाख पारिश्रमिक लिएर यो फिल्ममा अनुबन्ध भएको श्रोत बताउँछ । निश्चल र बिपिनले यो फिल्म निर्माणदेखि रिलिजसम्म अरु काम गर्न नपाउने सर्त समेत सम्झौता पत्रमा राखिएको बुझिएको छ ।

कमेडियन सिरियल ‘भद्रगोल’ टिमले बनाउन लागेको फिल्मलाई कुमार कट्टेल ‘जिग्री र अर्जुन घिमिरे पाँडे’ले निर्माण गर्न लागेका हुन् । नेपालको ‘टप पाँच’ भित्र पर्ने व्यापारिक घराना खेतान ग्रुपले यो फिल्ममा लगानी गर्न लागेको श्रोत बताउँछ । फिल्मको लागी लिड अभिनेत्री भने अहिलेसम्म तय भएको छैन् ।

तश्विरः सामाजिक सञ्जाल

Loading...
Comments