Logo

‘ब्रेकअप’ पहिले नै शिल्पाको कागजपत्र खुल्ने, नाजिरसँग बाँधिन् जोडी

हलिउडको ‘डक्टर स्ट्रेञ्ज’ तथा अक्षयकुमार स्टारर एक वलिउड फिल्ममा समेत दृश्य दिने अबसर पाएकी नेपाली गर्ल शिल्पा मास्केले रोहित अधिकारी फिल्मस् को दोश्रो प्रोजेक्ट ‘ब्रेकअप’बाट नेपाली रजतपटमा डेब्यू गर्ने कुरा यसअघि नै बाहिर आईसकेको थियो । तर ‘ब्रेकअप’ छायाँकनमा जाने चाँजोपाँजो अझै छैन्। यो बीचमा ‘ब्रेकअप’लाई थाती राखेर शिल्पाले दोश्रो प्रोजेक्ट रोजेकी छिन् ।

अपिल विष्टको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कागजपत्र’मा शिल्पा लिडिङ लेडी बनेकी छिन् । उक्त प्रोजेक्टको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा भयो । अब शिल्पाको लागी ‘कागजपत्र’ डेब्यू नेपाली फिल्म बन्नेछ ।

यो फिल्ममा शिल्पाले अभिनेता नाजिर हुसैनसँग जोडी बाँध्नेछिन् । कार्यक्रममा बोल्दै उनले कुनै पनि नेपाली फिल्मको कार्यक्रममा पहिलो पटक यसरी प्रस्तुत भएको भन्दै केहि ‘नर्भस फिल’ लागेको तर्क गरिन् । आफुलाई गरिएको विश्वासलाई नतोड्ने भन्दै जतिसक्यो राम्रो काम गरेर देखाउने बताउँदा उनले आफुलाई विश्वास गरेर अनुबन्धन गर्ने निर्देशक विष्टलाई धन्यवाद दिन बिर्सिनन् ।

अभिनेता नाजिरले फिल्म कमेडी जनरामा निर्माण हुन लागेको बताए । शिल्पालाई ‘वेलकम ईन आवर ईन्डष्ट्री’ बोलेका उनले अन्य फिल्ममा भन्दा केहि फरक र पृथक काम यो फिल्ममा गरेर देखाउने दाबी गरे । नाजिर र शिल्पासँगै भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी वर्देवा लगायत यो फिल्ममा लिड अभिनयमा रहनेछन् ।

वर्ल्डवाईड फिल्म डिष्ट्रीवुसन कम्पनि तथा औष फिल्मस् को ब्यानरमा बन्ने यो फिल्म यहि नोभेम्बर ९ तारिखबाट फ्लोरमा जानेछ । फिल्ममा लगानी खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति शिवाकोटीको रहनेछ भने कार्यकारी निर्माता बिशारद बस्नेत छन् ।

तश्विरः मिलन ढुङ्गाना

Comments