Logo

ट्रेलरमा हेर्नुहोस् सत्यकथाको ‘बोबी’ (भिडियो)

रियल जोडीको वास्तविक कथामा निर्मित फिल्म ‘बोबी’को ट्रेलर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमा भएपनि ट्रेलरलाई व्यावसायिक बनाइएको छ ।

मिलन चाम्स निर्मित एवं निर्देशित फिल्मले नर्बेका एनआरएन कविता गुरुङ र उमेश थापाको कथालाई मुख्य विषयबस्तु बनाएको छ । जहाँ यी दुवैको प्रमुख भूमिका छ ।

उमेश र कविताको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । उमेश पेसाले इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म असार २९ बाट प्रदर्शनमा आउँदैछ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

Comments