Logo

आँचल र आकाशको ‘ब्ल्याक’ ट्रेलर रिलिज (भिडियो)

भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ब्ल्याक’को ट्रेलर रिलिज भएको छ । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरमा मायाप्रेम, रोदन तथा द्वन्द्वको समिश्रण छ ।

प्रदिप श्रेष्ठ निर्देशित फिल्मको ट्रेलरमा लिड कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ हाबी छन् । ट्रेलरलाई लिएर आँचल उत्साहित देखिइन् । ठुलो मेहनतको साथ काम गरेको तथा आकाशसँगको केमेष्ट्रि गज्जब रहेको भन्दै ‘ब्ल्याक’ राम्रो मध्येको एक फिल्म बनेको आँचलको भनाइ थियो ।

आकाश पनि फिल्मलाई लिएर आशावादी देखिए । निर्देशक श्रेष्ठले नयाँ र पुराना दुबै पुस्तालाई मनोरञ्जनको पुर्ण खुराक फिल्म बनेको भन्दै पछिल्लो क्रमका नेपाली दर्शकलाई सन्तुष्ट बनाउन ‘ब्ल्याक’ सफल हुने दाबी गरे । आश्मा पाण्डे यो फिल्मकी निर्मात्री हुन् । मौनता श्रेष्ठको  कथामा फिल्म तयार भएको हो ।

फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् ।

Comments