Logo

युट्युव क्रेज हलमा उतार्ने चुनौती, सफल होलिन् पूजा ?

संभवत २०७५ कै सर्वाधिक ठुलो क्लास भिडन्त हुँदैछ फिल्म ‘रामकहानी’ र ‘रोज’बीच । उल्लेखित दुई फिल्मको भिडन्तमा रोचक कुरा यो जोडिएको छ कि केहि बर्ष पहिले रिलिज ‘प्रेमगीत’का लिड कलाकार एक आपसमा भिड्दैछन् । पूजा शर्मा र प्रदिप खड्का ।

त्यसो त पूजा र प्रदिपलाई चर्चित बनाएको पहिलो फिल्म पनि ‘प्रेमगीत’ नै हो । त्यसयता यी दुई नामबीच शितयुद्ध सुरु भयो । पछिल्लो क्रममा हुँदै गरेको दुई फिल्मको फाइटलाई एक अर्काको इगो भन्नेहरु पनि धेरैछन् । प्रदिपकै इच्छामा रामकहानीसँग ‘रोज’ जुध्न आएको चर्चा समेत सिनेबृत्तमा छ ।

यो कुरा आफ्नो ठाउँमा छ कि यहाँ प्रसङ्ग जोडौँ पूजा शर्माको सोसियल मिडिया क्रेजको । युट्युवमा पूजा शर्मा जोडिएर पछिल्लो केहि महिनायता अपलोड गरिएका जुनै पनि कन्टेन्ट सर्च गर्नुस् त्यहाँ हजार र लाखौँ भ्यूज नभएका कन्टेन्ट बिरलै भेटिएलान् ।

संभवत पछिल्लो क्रममा युट्युवमा सर्वाधिक बिक्ने नाम पूजा शर्मा हो, उनीसँग मात्र होइन् अन्य सेलिब्रेटीको बारेमा पोष्ट भएका कन्टेन्टमा सम्म उनलाई नै जोडेर आउने प्रतिक्रियाहरुले पनि यसलाई प्रमाणित गर्छ । पूजा जोडिएर हालिएका खुराकहरुले घण्टा नबित्दै हजारौँ भ्यूज पाउँछन् । यो सबै हेर्दा पूजालाई आफ्नो क्रेज हलमा उतार्ने अबसर र चुनौती बोकेर ‘रामकहानी’ शुक्रबारबाट पर्दामा आउँदैछ ।

सोसियल मिडियामा देखिएको क्रेज हलमा उतार्न पूजा कति सफल हुन्छिन् त्यो त फिल्म रिलिजको केहि दिनमा थाहा लाग्नेछ । युट्युवमा ‘अवेटेड’ र ‘फर्स्ट डे फर्स्ट शो’को कमेन्ट गर्ने कति फ्यान या भनौँ दर्शक हलसम्म तानिन्छन् त्यो भने शुक्रबारका सुरुवाती शोजहरुले बोल्नेछन् ।

तर नेपालमा मात्र नभएर विश्व बजारमा नै सोसियल मिडियाको क्रेज ‘फ्रण्ट’मा नदेखिएको पाइन्छ । सामाजिक सञ्जालमा खोज्ने र रोज्नेहरुले प्रायः सम्बन्धित सेलिब्रेटीसँग जोडिएका विषयवस्तुलाई सामाजिक सञ्जालमै पर्खिने गर्छन् जसमा ‘रामकहानी’ युट्युवमा कहिले आउँछ भन्ने प्रश्न सहितका प्रतिक्रियाहरु यसको साँची बनेका छन् ।

सामाजिक सञ्जालका हिट कन्टेन्टहरुमा पूजा र आकाश श्रेष्ठ धेरै फिचर छन् । रामकहानी’मा आकाश श्रेष्ठसँग जोडी बाँधेकी पूजालाई आकाशसँग प्रेम बढाउन र बिहे गर्न भन्दै ‘विस’ दिनेहरु पनि धेरैछन् त्यसैले त पूजा र आकाश नेपाली युट्युव प्रयोगकर्तामाझ यतिबेला सर्वाधिक बिकाउ अनुहार बनेका छन् ।

त्यसैले पनि आफ्नो सोसियल मिडिया क्रेजलाई हलमा उतार्न पूजा कति सफल हुन्छिन् भन्ने यतिबेला प्रतिक्षाको विषय बनेको छ । ‘ यदि युट्युव दर्शक हलमा आएनन् भने र पर्दा बाहिरको क्रेज पर्दामा सोहि प्रकारले देखिएन् भने पूजालाई युट्यव सेलिब्रेटीको ट्याग मिल्नेमा दुई मत नहोला ।

र यो पनिः

Loading...
Comments