Logo

सकिएको हो ऋचा अर्पण सहकार्य ?

अभिनेता तथा निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीचको दोस्ती पछिल्लो बर्ष गज्जबको देखियो । यो बर्ष पनि यो जोडी एकसाथ रहेका केहि फिल्म प्रदर्शन भए, निर्माण पनि भए । हुन त अझै पनि यो जोडी एकसाथ आउने फिल्म प्रदर्शनको लागी पनि तयार छन् । तर गसिप बजारमा जो जोडीको सहकार्य तत्कालको लागी सकिएको चर्चा छ ।

उल्लेखित तथ्यलाई मलजल के ले गर्छ भने रिलिजको तयारीमा रहेको फिल्म ‘न यता न उता’मा ऋचा एक्लै छिन् या भनौँ अर्पण बीनाको टिममा छिन् भने यतिबेला अर्पण पनि ऋचा नरहने पक्कापक्की भएको फिल्म ‘घर’को निर्माण तयारीमा छन् । फिल्म हलदेखि सार्वजनिक कार्यक्रम होस् या क्याफे गफ, जहिकतै पनि एकसाथ देखिने यो जोडी पछिल्लो क्रममा फरक फरक टिमसँग देखिँदै आएको छ ।

ऋचा र अर्पणको सहकार्य टुङगिएको कुरा पेस गर्ने अर्को आधार फिल्म ‘सुनकेशरी’ पनि हो । यो फिल्मबाट दुबै जना आशावादी थिए । निर्माणमा समेत सहकार्य गरेको यो जोडीले फिल्मको सफलताको पर्खाइमा सिक्वेल निर्माणको घोषणा गरेको थियो । तर बिडम्बना फिल्मले सफलता पाएन ।

राजधानीमा यहि हप्ता आयोजित एक कार्यक्रममा अर्पणलाई प्रश्न गर्दा उनले ‘सुनकेशरी’ सिक्वेल निर्माणको कुनै तयारी नरहेको बताए । ‘हरर’ जनराको उक्त फिल्मले तर्साउन भन्दा पनि हलमा हाँसो छुटाउन सफल भएको प्रकारका आलोचना ऋचा र अर्पणले खेपेका थिए । ‘सुनकेशरी’को प्रदर्शनसँगै यो जोडी दुई धारमा विभाजित भएको चर्चा छ । यो कुरालाई भोलीको दिनमा ऋचा अर्पणले कसरी लिन्छन् त्यो समयले बताउला ।

Loading...
Comments