अन्यौलमा अनुपको बिहे
श्रावणमा नै तय भएको मितिबाट पछि हटेपछि यतिबेला अभिनेता अनुपबिक्रम शाहिको बिहेको मिति अन्यौलमा परेको छ । तर अनुपको वास्तविक बिहेको मिति भने होइन् । फिल्म ‘कमलेको बिहे’मा कमले बनेका अनुप पर्दामा आउने श्रावणमा नै फाइनल थियो । त्यसपछि निर्माण टिमले मिति पोष्टपोण्ड गर्यो जसका कारण फिल्म रिलिजको टुंगो नै लागेको छैन् ।
कहिले भिलेन त कहिले हिरो बनेर पर्दामा आएका अनि प्रायः सबैजसो फिल्मको अभिनयमा न्याय दिँदै आएका अनुप पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । ‘हेण्डसम हङ्क’को उपमा पाएका यी स्टाईलिस अभिनेताले पहिलो पटक केहि फरक स्वाद पस्किने काम ‘कमलेको बिहे’मा गरेका छन् । जुन कुरा यसअघि सार्वजनिक ट्रेलर तथा गीतले बोलिसकेको छ, देखाईसकेको छ ।
तर फिल्म रिलिज नै अन्यौल हुँदा अनुपलाई यतिबेला तनाब लागेको छ । हाल ४० बर्ष पुरानो उपन्यासमा आधारित रहेर बन्दै गरेको फिल्म ‘आर्या’मा व्यस्त अनुपले फिल्मीनेपालसँगको कुराकानीमा ‘कमलेको बिहे’ आफ्नो अभिनय करियरकै फरक परिवेश बोकेको र सबैभन्दा बढि आशा गरेको फिल्म बोले ।
‘निर्माण टिमसँग सम्पर्कसम्म यतिबेला नभइरहेको भन्दै अनुपले फिल्म यो बर्ष नै रिलिज हुनेमा आशा मात्र व्यक्त गरे ।’ ‘उहाँहरु पनि कुनै काम विशेषमा व्यस्त हुनुहुन्छ होला, जसका कारण सम्पर्क टाढा भएको हुनसक्छ, आशा गर्छु यो फिल्मलाई दर्शकले २०७४ भित्रै हेर्न पाउनुहुनेछ’, अनुपले सुनाए ।
शास्त्रीको अबतारमा प्रस्तुत भएका अनुप कमले बन्दा बनारस पुगेर संस्कृत तथा शास्त्रीय विधा सकेर देश फर्केको एक सुदुर पश्चिमेली युवकको भुमिकामा प्रस्तुत छन् । यो फिल्मलाई प्रशन्न पौड्यालले निर्देशन गरेका हुन् । श्रावण २७ लाई संभावित मिति तयपछि पोष्टपोण्ड गरेको निर्माण टिमले अब यो फिल्म कहिले रिलिज गर्छ र अनुपको करियरमा कमले पात्रले कति ईट्टा थप्छ त्यसको लागी भने समय पर्खिनुको विकल्प छैन् ।







