Logo

‘लभ डायरीज’ गीत रिलिजः सुशिलको अङ्गालोमा बोल्ड रुविना (भिडियो)

फिल्म ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको रोमान्टिक गीत रिलिज गरियो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापा फिचर्ड छन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर छ । मनाङको विभिन्न लोकेशनमा छायाँकन गरिएको भिडियामा विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले छायाँकन गरेका हुन् ।

सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्ममा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको पनि अभिनय छ । लभस्टोरी जनराको फिल्मको कथा मधु बास्तोलाले लेखेका हुन् भने, पटकथा तथा संवाद निर्देशक चौधरी र बास्तोलाले मिलेर तयार पारेका हुन् ।

लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । साहिल खान एसोसियट निर्देशक रहेको सिनेमामा सह-निर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । यो फिल्म आगामी असोज ३ बाट दर्शकमाझ आउनेछ ।

https://youtu.be/Q5Fzg1w-01E

Comments