श्रेयाको स्वरमा आयो ‘तीजको लै बरी लै’ (भिडियो)
उदयिमान गायिका श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । मोडर्न लाग्ने सार्वजनिक गीतमा शब्द तथा संगीत पनि श्रेयाको नै छ । संगीत एरेञ्ज जिवन बडुले गरेका छन् ।

गीतको सार्वजनिक भिडियोमा श्रेया पनि कम्मर मर्काउँदै भेटिन्छिन् भने मुख्यतः नृत्यमा सुधा केसी, भावना शाही, सरिता बस्नेत, पबिता बराल मगर, क्रितिका ठकुरी, प्रियंका श्रेष्ठ र बिष्णु फिचर्ड छन् ।

सुमित गुरुङको प्रस्तुतिमा तयार भएको गीतको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन् । कोरियोग्राफी प्रियया केसीले गर्दा सम्पादन र छायाँकनको काम चानस पुनः मगरले गरेका छन् ।
https://youtu.be/m4PHdBOnecs







