Logo

अनुपबिक्रमसँग आँचलको चक्कर ! (भिडियो)

अभिनेता अनुपबिक्रम शाहि पछिल्लो पुस्ताका व्यस्त अभिनेता हुन् । फिल्म अभिनय, मोडलिङ तथा ‘र्याम्प शो’ मा व्यस्त भइरहने अनुपले अक्कल झुक्कल म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिती देखाउँछन् । भिडियो गर्ने नाममा ‘चुजी’ र ‘महंगो’ अभिनेताको रुपमा चिनिएका उनै अनुपले अभिनय गरेको पछिल्लो एक भिडियो युट्युव रिलिज भएको छ ।

सोमबार सार्वजनिक भिडियोमा अनुपको अपोजिटमा अभिनेत्री आँचल शर्मा फिचर्ड छिन् । पछिल्लो समयमा आँचल फिल्मसँगै म्युजिक भिडियोमा संभवत सर्वाधिक छाउँने कलाकार हुन् । उनको अभिनय कलालाई दर्शकले मन पराउँदै आएका छन् । आँचल र अनुपको केमेष्ट्रि भिडियोमा गज्जब देखिएको छ । यो जोडीको साझेदारी दोश्रो पटक हो । अनुपको प्रेम पाउन आँचलले पीछा गरेको दृश्य भिडियोमा देखिन्छ ।

सहिमा श्रेष्ठको स्वर रहेको ‘तिम्रो शहर’ बोलको उक्त गीतमा अमर बान्तुको शब्द र दीपक शर्माको संगीत छ । भिडियो तर्फ बसन्त निरौलाको निर्देशन छ । फिल्म निर्देशक निरौला पछिल्लो क्रममा भिडियो मेकिङमा पनि सकृय निर्देशक हुन् । पवित्रा आचार्यको कोरियोग्राफी रहेको भिडियोमा छायाँकन दिव्य सुवेदी र सम्पादन सुप्रिम पराजुलीको छ ।

https://youtu.be/HLO9kUzu-nI

Comments