जीवन दर्शन सिकाउने सत्याकृतको ‘हजार जुनी’ (भिडियो)
समाजमा सद्भाव र सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले दशैंको मुखमा ‘हजार जुनी’ बोलको गीत लिएर आएको छ ।

प्रकृती, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कदै आईरहेको ब्याण्डले शुक्रबार ‘हजार जुनी’ बोलको गीत सार्वजनिक गरेको हो ।
विदुर न्यौपानेको शब्द संगीत रहेको उक्त गीतमा सुर साधुको स्वर रहेको छ । गीतको भिडियोमा छायांकन, सम्पादन तथा निर्देशन विजय गौतमले गरेका छन् । नेपाल र मलेसियामा छायांकन गरिएको उक्त गीतको रेकर्डिङ्ग मुम्बईमा भएको हो । यस गीतमा मिक्सिङ तथा मास्टरिङ बलिउडका चर्चित साउण्ड ईन्जिनियर आमिर सेखले गरेका छन् ।
सत्याकृत ब्याण्डले पूर्विय, पश्चिमी, रक-पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको छ ।
https://youtu.be/cJeDrW_17sU







