बर्षाको ‘मलमल साडी’मा पल र युवराजको आँखा !
गायक युवराज चौलागाइँको स्वरमा ‘मलमल साडी’ दर्शक श्रोतामाझ आएको छ । गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द तथा युवराजकै संगीतमा तयार गीतको भिडियोमा सार्वजनिक हुँदा अभिनेत्री मोडल बर्षा राउतको पछिपछि गायक स्वयंम र अभिनेता मोडल पल शाह देखिएका छन् ।

गीतमा बर्षा फकाउन पल र युवराज लाग्दा केमेष्ट्रि गज्जब देखिन्छ । भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने कोरियोग्राोफी दीपकराज सुनारको छ । छायाँकन सुदीप बरालले गरेका छन् ।
सार्वजनिक भिडियोमा सम्पादन अर्जुन जिसीको छ । नेपाली पार्श्व संगीतमा चम्किरहेका युवराज पछिल्लो समयका व्यस्त गायकमा गनिन्छन् । भिडियो सार्वजनिक भएसँगै दर्शकबाट तारिफका शब्द सहितका प्रतिक्रिया आएका छन् ।
https://youtu.be/MfjG62IzOv4







