Logo

मुम्बईमा फ्यानबाट घेरिए अनुपबिक्रम |तश्विर स्टोरी

भर्सटाइल तथा ‘मस्ट स्टाइलिस्’ अभिनेता अनुपबिक्रम शाहि यतिबेला मुम्बईमा छन् । कमर्सियल प्रायोजनको लागी अनुप यसै साता मुम्बई पुगेका हुन् । मुम्बईमा अनुपको लोभलाग्दो क्रेज देखिएको छ । प्राप्त तश्विरहरुमा अनुप फ्यानहरुबाट घेरिएका छन् ।

अनुपलाई भेट्न त्यहाँ रहेका नेपालीहरु काम नै छोडेर उपस्थित भएका छन् । सेल्फी र अटोग्राफ लिँदै अनुपसँग साक्षात गरेका छन् । होटलदेखि विभिन्न ठाउँमा काम गरिरहेका नेपालीहरु अनुप भेट्न पाउँदा प्रफुल्लित देखिन्छन्, तश्विरहरु यसै बोल्छन् ।

तश्विरमा अनुप पनि फ्यानहरु भेट्दा खुशी देखिएका छन् । फिल्मीनेपालसँगको कुराकानीमा अनुपले मुम्बईबाट भने, ‘कोहि त एकदमै क्रेजी पनि हुनुहुँदो रैछ, तश्विर मोबाइलमा बोकेर हिँडेका देखि मेरो विभिन्न फिल्मका डायलग समेत कन्ठै पार्नुभएका फ्यानहरु पनि भेटेँ ।’ मुम्बईमा रोजगारीको लागी पुगेका नेपालीहरुले आफ्ना प्रायः फिल्म हेर्दै आएको र भोलीको दिनमा अझ उत्कृष्ट फिल्म लिएर आउन समेत सुझाएको उनले बताए ।

त्यसो र अभिनयसँगै लुक्स र लोभलाग्दो हाइटका कारण धेरैको नजरमा पर्ने अनुपलाई केटी भन्दा पनि केटा फ्यान बढि भएको प्रश्न मिडियाले बारम्बार सोधिरहन्छन् । मुम्बईबाट प्राप्त तश्विरमा पनि अनुपलाई ‘जेन्स’ फ्यानले नै घेरेको देखिन्छ । सुटिङ सकाएर अनुप शनिबार नेपाल फर्किनेछन् । केहि दिन पहिले अनुप र ‘कृ’ गर्ल अदिती बुढाथोकीको पनि मुम्बईमा जम्काभेट भएको थियो । दुबैले सामाजिक सञ्जालमा तश्विर सेयर गरेका थिए । उक्त फिल्ममा अनमोल केसीसँगै अनुप र अदिती लिड रोलमा छन् ।

Comments