Logo

कोरोना संक्रमणबाट दुई भारतीय अभिनेत्रीको निधन

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट दुई वलिउड अभिनेत्रीको निधन भएको छ । बलिउड तथा भोजपुरी अभिनेत्री श्रीपदा र अर्की अभिनेत्री अभिलासा पाटिलले बुधबार भाइरस संक्रमणका कारण ज्यान गुमाएका भारतिय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म छिछोरेमा दिवंगत अभिनेता शुसान्त सिंह राजपुतसँग सहायक अभिनेत्रीको काम गरेकी अभिलासा पाटिलको भाइरसको संक्रमणका कारण ज्यान गएको छ । उनले यसअघि बरुण आलियाको बद्रिनाथ कि दुल्हनीया, अक्षय कुमारको गुड न्युज र मलाल जस्ता फिल्ममा काम गरेकि थिइन्। अभिलासाले हिन्दी फिल्मका साथै मराठी फिल्ममा समेत कामक गरिसकेकि थिइन्।

अर्की अभिनेत्री श्रीपदाले फिल्मका साथै सिरियलमा समेत अभिनय गरेकी थिइन् । उनले पुराना पुरुष, धर्मसंकट, बेवफा, सनम, आजमाइस, शोले र तुफान, आखिर कौन थि वो, मेरी ललकार र आग और चिरागजस्ता फिल्ममा काम गरेकि थिइन् । दुई अभिनेत्रीहरुको निधनपछि समवेदना दिँदै भारतिय कलाकारहरुले सम्पुर्णमा सुरक्षित रहन र तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

Loading...
Comments