Logo

कट्रिना र दीपिकालाई उछिन्दै ‘मस्ट डिजारेवल वुमन’ रिया, पुरुषमा सुशान्तसिंह

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती २०२० को ‘मस्ट डिजारेवल वुमन’ घोषित भएकी छिन् । टाम्स अफ इण्डिया ग्रुपमे वलिउडसहित भारतिय मनोरञ्जन क्षेत्रका विभिन्न महिलाहरुमा गरेको सर्वेक्षणमा रिया पहिलो स्थानमा परेकी हुन् ।

त्यसो त अघिल्लो हप्ता मात्रै सोहि संस्थाले गरेको पुरुषतर्फको सर्वेक्षणमा रियाका दिवंगत प्रेमी सुशान्त २०२० को वर्ष पुरुषमा परेका थिए । टाम्स अफ इण्डियाले अनलाइन पोल र आन्तरिक जुरीका आधारमा उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको बताइएको छ ।

यो सुचीमा वलिउडका चर्चित अभिनेत्री दीपिक पादुकोण ५ नम्बर र कट्रिना कैफ ६ नम्बरमा पुगेका छन् । ‘कबिर सिंह’ अभिनेत्री कियारा अडभानी चौथो तेश्रो स्थानमा हुँदा तेस्रो स्थान दिसा पटानीले लिएकी छिन् भने दोश्रो स्थानमा २२ वर्षिय मोडल एडलाइन क्यास्टलिनो परेकी छिन्।

सुशान्तको आत्महत्यापछि ड्रग्स काण्डसँग जोडिएर जेलसम्म पुगेकी अभिनेत्री रिया २०२० भरी नै वलिउडमा सर्वाधिक चर्चामा रहेकी थिइन् । यो घोषणासँगै ट्रोलवालाले भने उनले पाएको पदवीको सामाजिक सय्जालमा खिल्ली उडाएका छन् ।

Loading...
Comments