Logo

‘केदारनाथ’का एडीसँग साराको प्रेम !

फिल्मी दुनियाँमा कलाकारहरुको अफेयर र ब्रेकअपका खबर नौला हुँदैनन् । बलिउडमा त दिनहुँजसो कोहि कसैको प्रेम बिछोडदेखि डिभोर्ससम्मका समाचार आइरहन्छन् । यो बीच पछिल्लो खबर छ अभिनेत्री सारा अलि खानको नयाँ प्रेमको ।

 

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतसँग पहिलो फिल्म ‘केदारनाथ’ गरेकी सारा सोहि समय प्रेममा पनि परिन् । उनिहरु होलिडे मनाउन थाइल्याण्ड पुगेको सम्म बाहिरियो । सुशान्तको निधनपश्चार ड्रग्स काण्डमा मुछिएकी सारा अहिले ‘केदारनाथ’ फिल्मकै मुख्य सहायक निर्देशक जेहान हाँडासँग अफेयरमा रहेको समाचार बलिउड मिडियाले लेखेका छन् ।

केही समययता सारारले जेहानसँगको तस्बिर इन्स्टामा राख्ने गरेकी छिन् । केही फोटोमा त उनले स्पष्ट रुपमा जेहानसँग प्रेममा रहेको संकेत दिएकी छिन् । त्योबाहेक फोटोमा राखिएका क्याप्सनमा पनि साराले प्रेमको संकेत दिएकी छिन् । त्योबाहेक जेहानले एउटा भिडियो पनि पोस्ट गरेका छन् जहाँ सारा र जेहान खेल खेलिरहेका छन् ।

सुशान्तसँगको ब्रेकअप पछि सारा कार्तिक आर्यनसँग नजिक भएको हल्ला थियो । ‘लव आजकल २’मा काम गरेका सारा र कार्तिक फिल्म असफल भएपछि आआफ्नो बाटो लागेका थिए । कार्तिकबाट अलग्गिएकी सारा पहिलो फिल्मका एडीसँग नजिक भएकी हुन् ।सारा अहिले अक्षयकुमारसँग ‘अतरंगी रे’ सुटिङ गरिरहेकी छिन् भने त्यसपछि उनले विक्की कौशलसँग ‘इमोर्टल अफ अश्वस्थामा’मा काम गर्नेछिन् ।

Loading...
Comments