‘चुरीफुरी’मा बोल्ड पूजा, डलरदेखि जग्गा दलालीको कथा |ट्रेलर रिलिज

पौष ९ गतेलाई प्रदर्शन मिति तय गरेर प्रचारमा उत्रिन लागेको फिल्म ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज ट्रेलरमा सामाजिक विषयवस्तु हाबी छ भने लिड अभिनेत्री पूजा पन्तलाई बोल्ड अबतारमा देखाउँदा कमेडीलाई पनि जोड दिइएको छ ।
ट्रेलरमा डलर कमाउने लोभमा विदेश जान आतुर युवकदेखि जग्गा दलालले फसाएको कुरालाई पनि जोडिएको छ । ऋषिराज आचार्यले यो फिल्मलाई निर्देशन गरेका हुन् । पूजासँगै अभिषेक श्रेष्ठ, रविन्द्र झा, सिशिर भण्डारी, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम लगायत लिड अभिनयमा छन् ।
राहुल राईको छायांकनमा बनेको फिल्मको कथा पटकथा पनि निर्देशक आचार्यको नै हो । आचार्य र रीना ढकाल निर्माता रहेको फिल्ममा सम्पादन नविन निरौलाको छ ।
हेर्नुहोस् ट्रेलरः
https://youtu.be/JFnkUFtM3Po







