सम्झनाले ‘नाचम’ भन्दा राहुलसँग कविताको ठूम्का |भिडियो

राजनराज शिवाकोटी र सम्झना पाण्डेको स्वर समावेश गीत ‘नाचम नाचम..’ सार्वजनिक भएको छ । अङग्रेजी नयाँ वर्षको छेकोमा दर्शकलाई उपहार स्वरुप यो गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक डान्सिङ नम्बरमा मोडल तथा कोरियोग्राफर द्वय गम्भिर विष्ट, राहुल शाह, मोडल कविता न्यौपानेसँगै नायिका सम्झना पाण्डे र सल्यशा विष्ट फिचर्ड छन् । गम्भिर र सम्झनाले जोडी बाँध्दा कविताले राहुलसँग ठूम्का लगाएकी छिन् ।
गीतका शब्द पनि गायक शिवाकोटीका नै छन् भने संगीत एरेञ्ज राजन इशानले गरेका छन् । भिडियोतर्फ हरि हुमागाइँको छायांकन रहँदा सम्पादन सुप्रिम पराजुलीको छ । निर्देशन तथा कोरियोग्राफी राहुलको नै छ ।
भिडियोः
https://youtu.be/TxECnmQTPLA







