Logo

मल्टिप्लेक्सको प्राथमिकतामा ‘चपली हाइट ३’, अग्रिम बुकिङ खुल्ला

यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ को बुकिङ खूल्ला भएको छ । राजधानीसहित मोफसलका मल्टिप्लेक्स हलहरुले फिल्मको अग्रिम बुकिङ खुलाएका छन् ।

फिल्मले मल्टिप्लेक्समा प्राथमिकताका साथ राम्रो स्थान पाएको छ । नेपालको ठुलो मल्टिप्लेक्स चेन क्युपफएक्सले फिल्मलाई शुक्रबार काठमाडौंमा १३ सहित देशभरबाट २६ शोज उपलब्ध गराएको छ । शनिबारलाई अहिले नै केहि हलमा शो थप गरिसकिएको छ ।

यस्तैगरि फिल्मलाई बिग मुभिजले ४ शो प्रदान गर्दा क्यूज सिनेमाज् मा ५ शो दिइएको छ भने कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूव सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, आइएनआइ सिनेमाबाट ४ शो उपलब्ध गराइएको छ । सिंगल स्कृनमा पनि वितरक तथा हल सञ्चालकबाट राम्रो उपस्थिति प्रदान गराइएको निर्माण टिमले बताइएको छ ।

यद्धपी निर्देशक निकेश खड्का प्राप्त शोजहरुमा दर्शकको आकर्षण देखिने दाबी गर्दै थपिँदै जानेमा आशावादी छन् । अर्जुनकुमारले निर्माण गरेको यो फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, विशाल पहारी लगायत अभिनयमा छन् ।

Comments