Logo

‘हेल्लो जीन्दगी’ प्रदर्शन मिति हेरफेर

यहि चैत्र ११ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘हेल्लो जीन्दगी’ले आफ्नो प्रदर्शन मिति एक हप्ता हेरफेर गरेको छ । अब यो फिल्म चैत्र १८ मा प्रदर्शनमा आउनेछ । प्रदर्शन अधिकार खरिदेको कम्पनि आरआर फिल्मस् ले समाचारको पुष्टि गरेको हो ।

चैत्र ११ मा चर्चित भारतिय फिल्म ‘आरआरआर’को संभावित प्रभाव र शो व्यवस्थापनको कारण फिल्मको प्रदर्शन धकेलिएको हो ।

एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा भएको हो ।

सत्य घटनाबाट प्रभावित फिल्मको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी हुन्, भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह–निर्मात्रीमा सविता गुरुङ रहेकी छन् । फिल्मको कथा लेखनमा निर्देशक बोहोरालाई विक्रम डि जोशीले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले मिलेर तयार पारेका हुन् । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् ।

Comments