बन्दिपुर ४ को अध्यक्षमा कांग्रेसको तर्फबाट विशाल भुजेलको चर्चा

स्थानिय चुनावको मिति नजिकिँदै गर्दा विभिन्न स्थानिय निकायमा दाबेदारी प्रस्तुत गर्ने, उम्मेदवारी घोषणा गर्ने क्रमले देशैभर तिब्रता पाइरहेको छ । निर्वाचन आयोजले आगामी बैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको मिति तोकेसँगै राजनीतिक सरगर्मी थप चर्किंदो छ ।
यति बेला तनहुँ जिल्लाको पर्यटकिय अनि पुरातात्विक ठाउँले चिनिने बन्दिपुर गाउँपालिका भित्रका चिया पसल देखि अन्य जमघट र घर-घरमा समेत गाउंपालिकाको अबको नेतृत्व कसले गर्ने चर्चाले प्राथमिकता पाइरहेको छ ।
यस्तै क्रममा बन्दिपुर वडा नं ४ मा अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसको तर्फबाट सम्भावित वडा अध्यक्षको नाम आउँदै गर्दा युवा नेता विशाल भुजेल अग्र पङ्ग्तिमा देखिएका छन् । तरुण दलको क्षेत्रीय सदस्य रहिसकेका भुजेल राजनीति संगै सामाजिक रुपमा पनि सक्रिय रहदै आएका छन् ।
स्थानिय युवाहरुको नेतृत्व गर्नेदेखि विकास निर्माणका विभिन्न कामसँगै सामाजिक कामहरुमा लामो समयदेखि सकृय भुजेललाई वडा अध्यक्ष बनाउन स्थानियहरुको ठुलो जमात यतिबेला लबिङमा सकृय छ ।
युवा जमातमा लोकप्रिय रहेका भुजेललाई स्थानिय जनतादेखि पार्टीपङ्ग्ति सबै तिरबाट साथ मिल्ने अपेक्षा उनको पक्षमा खुलेर लागेका युवाहरु बताउँछन् ।
नेतृत्व क्षमता, सामाजिक कार्यमा सकृयता, जनगुनासो सुन्ने र समस्या पहिचान गर्दै समाधानमा लाग्ने, मिलनसार, सहयोगी स्वभाव अनि अग्रजप्रतिको सम्मान र अनुजप्रति उनले देखाउने प्रेम वडा अध्यक्ष पदको लागि मुख्य कडी बन्ने देखिन्छ । पार्टीले अबसर दिएको खण्डमा आफु वडाको नेतृत्व लिन तयार भएको भुजेल बताउँछन् ।







