देशैभरी माओवादी जिताउने भन्दै अरब्रिन्दले ल्याए गीत !

स्थानिय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा पछिल्लो समय निर्वाचनलाई जोडेर कलाकारहरुले सांगितिक प्रस्तुतिहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । यो बीचमा लोकगायक तथा नेकपा (माओवादी केन्द्र)का युवा नेता अरबिन्द्र भट्टराईले ‘देशको हित चिताउने माओवादी हो’ बोलको चुनावी गीत बजारमा ल्याएका छन् ।
यसअघि लोकप्रिय तीज गीत ‘घर घरमा ग्यास पाइप’, ‘के म ह्यानसम छैन र’, ‘मै पनि माया लाउँकी’, ‘यो कान्छीको बगैंचामा’, ‘बेलैमा गरे’ लगायतका थुप्रै गीतहरु बजारमा ल्याइसकेका भट्टराईले सार्वजनिक चुनाबी गीतमा शब्द र लय दिएका छन् । चेतन गोतामे र तुलसी घर्ती मगरको स्वर रहेको यस गीतलाई ‘ओके नेपाल’ ले बजार व्यवस्थापन गरेको छ ।
माओवादीलाई सांगीतिक रुपमा चौतर्फी ढंगले प्रहार गरिएकाले सत्यता बाहिर ल्याउन आफुले यो गीत निर्माण गरेको अनेरास्ववियू (क्रान्तिकारी )को केन्द्रिय सदस्य समेत रहेका भट्टराईले बताए ।







