Logo

रवि ओड र बेनिशाको स्वरमा सुभम र योगिशाको बालप्रेम |भिडियो

गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।

गरिमा फिल्मस् ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ ।

भिडियोमा दुवैले लोभलाग्दो अभिनय गरेका छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

Loading...
Comments