‘शमशेर’बाट निर्देशनमा डेब्यू गर्दै अभिनेता मनिष, अभिनयमा जोडिए सुनिल थापा

छायांकनको तयारीमा रहेको फिल्म ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेब्यू गर्ने भएका छन् । यो फिल्मको मुख्य भुमिकामा अभिनय समेत उनले गर्दैछन् । यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन् ।
ओस्कार कलेजबाट सिनेमा अध्ययममा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफैले निर्देशनमा डेब्यू गर्न लागेको अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल फिल्मको अभिनेत्री छनोट कार्य भइरहेकोले छायांकन मिति तय भएका छैन् ।
अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । फिल्ममा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।
यो फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन् ।







