Logo

आर्यनको नजरमा ‘समुन्द्र सबै सराब’ |भिडियो

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ । तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ ।

थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।

Loading...
Comments