Logo

प्रमोद भट्टराईले ज्योतिषीबाट प्रेम निकाल्दा अनु र लोमसको ठूम्का |भिडियो

प्रमोद भट्टराईको शब्दमा गीति भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपाने भरेका छन् ।

सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई र युवा गायक निशान भट्टराईको मिठासपूर्ण स्वर सुन्न सकिन्छ । गीतमा एरेञ्जको काम पुरुषोत्तम सुवेदीले गरेका छन् । गीतकार भट्टराईले यो गीतबाट मनोरञ्जनसँगै प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि विश्वास र बुझाईमा भर पर्ने सन्देश प्रवाह गरिएको बताए ।

डान्सिङ नम्बरको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले ठूम्का लगाएका छन् । सन्दीप आचार्य ज्योतिषीको भुमिकामा देखिएका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा भिडियको छायांकन गरिएको छ । भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदको नै छ ।

Loading...
Comments