Logo

नयनराज पाण्डेको ‘लू’ माथि फिल्म घोषणा, निर्देशकमा भट्टराई अनुबन्धित

नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ अब फिल्मी पर्दामा आउने पक्का भएको छ । उपन्यासलाई फिल्ममा ढाल्ने अधिकार लिएकी निर्मात्री निशा खरेलले हालै निर्माता अनुबन्ध गरेकी छिन् ।

‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने कागजी सम्झौता भएको हो । खरेल र भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ निर्देशक भट्टराई नेपाली फिल्म क्षेत्रमा उदाएका संभावनावान निर्देशक हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै ‘लू’ सिनेमा मात्रै बन्दा पनि आफु खुशी हुने भन्दै त्यसलाई निर्देशन गर्ने जिम्मेवारी आफैले पाउँदा ‘डबल खुशी’ बनेको लेखेका छन् । डर र उत्साहकाबीच राम्रो सिनेमा वनाउने विश्वास भट्टराईले राखेका छन् ।

कारो फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको बताईएको छ । निर्माण टिमले यसअघि कालीप्रसाद बाँस्कोटालाई संगीतकारको रुपमा अनुबन्ध गरिसकेको छ । मंसिरबाट फिल्म फ्लोरमा जानेछ ।

Loading...
Comments