Logo

‘कृष्ण लीला’ पोस्टर रिलिज, प्रेमिल भावमा पुष्प र श्रद्धा

मुख्य कलाकारहरुलाई फिचर्ड गर्दै फिल्म ‘कृष्ण लीला’को पोस्टरहरु सार्वजनिक गरिएको छ । सार्वजनिक चार पोस्टरमा मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई देख्न सकिन्छ । एक पोस्टरमा अभिनेता द्वय बुद्धि तामाङ र रविन्द्र झा समेत अटाएका छन् ।

पोस्टरमा पुष्प र श्रद्धालाई प्रेमिल अबतारमा प्रस्तुत गरिएको छ । आगामी भदौ ३ गते रिलिज टार्गेट गरिएको फिल्मको गत हप्ता सार्वजनिक ‘ए मेरो हजुर’ बोलको गीतले बजार गर्माइरहँदा हौसिएको निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो । फिल्ममा समावेश ‘कुनै दिन त्यो कथामा’ बोलको गीत यसअघि नै लोकप्रिय बनिसकेको छ ।

दीपक वलीको निर्देशन रहेको फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाइँ लगायतलाई पनि यो फिल्ममा देख्न सकिनेछ । शिव ढकालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । ‘कृष्ण लीला’को कथा लेखन लक्ष्मण सुवेदीले गरेका हुन् ।

Loading...
Comments