Logo

त्रिकोणात्मक प्रेम जोड्दै ‘सम्झना बिर्सना’ दोश्रो ट्रेलर रिलिज |भिडियो

यहि असार ३१ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘सम्झना बिर्सना’को दोश्रो ट्रेलर रिलिज गरिएको छ । शनिबार सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेम बोलेको छ ।

ट्रेलरमा मुख्य तीन कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र छुल्ठिम गुरुङलआई केन्द्र बनाइएको छ । पूजा र छुल्ठिमसँग आकाशको प्रेममा आउने उतार चढाव फिल्मको केन्द्रीय द्वन्द्व रहेको भान ट्रेलरले दिन्छ ।

निमेष प्रधानको निर्देशनमा बनेको फिल्मको कथा पनि प्रधानको नै हो । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा सुवास भुर्तेल कार्यकारी निर्माता छन् ।

तारा थापाको सम्पादन रहेको फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन् । सुनिल थापा, शिशिर राणा लगायतलाई पनि फिल्ममा अभिनयमा देख्न सकिनेछ ।

Loading...
Comments