Logo

प्रमोद भट्टराईको शब्द र कृतिको संगीतमा रचनाले गाइन् ‘प्रेमको भाषा’ |भिडियो

गीतकार प्रमोद भट्टराई ‘प्रतिक’को शब्द रचनामा ‘प्रेमको भाषा’ बोलको गीत इन्टरनेट रिलिज गरिएको छ । उक्त गीतको स्टुडियो भर्सन मात्रै सार्वजनिक हुँदा गायिका रचना रिमालले मिठासपूर्ण स्वर दिएकी छिन् ।

गीतमा प्रेमीको सम्झनामा प्रेमिकाबाट व्यक्त भएका शब्दहरु जोडिएका छन् । भट्टराईको शब्द र रिमालको स्वरमा कृति न्यौपाने ‘दिवाकर’ले न्यायपूर्ण संगीत भरेर गीतलाई जीवन्तता दिएका छन् ।

उक्त गीतमा पुरुषोत्तम सुवेदीले एरेञ्जको काम गरेका छन् भने मिक्सिङ एण्ड मास्टरिङ सम्भु तण्डुकारको छ । प्रज्ञा साउण्डमा रेकर्ड भएको गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् । गीतकार भट्टराईले आफ्नै च्यानल ‘प्रतिक क्रियसन’बाट गीत रिलिज गरेका छन् ।

हेर्नुहोस् ‘प्रेमको भाषा’को स्टुडियो भर्सनः

Loading...
Comments