Logo

स्कृप्ट पूजा गर्दै ‘ह्रस्व दीर्घ’को शुभसाइत, टाइटल फन्ट सार्वजनिक

नीता फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को स्कृप्ट पूजा गर्दै शुभ साइत गरिएको छ । फिल्मका मुख्य कलाकार ज्योतिषी समेत रहेका अभिनेता हरिहर अधिकारीले निकालेको शुभ साइतमा निर्माण टिमले स्कृप्ट पूजा गर्दै फिल्मको ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरेको छ ।

निर्मात्री रहेकी अभिनेत्री नीता ढुङगानाले फिल्मको उपलब्ध क्रूसहित आइतबार भक्तपुरको सुर्यविनायक मन्दिर पुगेर पण्डित कमल कट्टेलको रोहबरमा पूजाआजा गरेकी थिइन् । सार्वजनिक फन्टले फिल्म एक्सन प्रधान रहने छनक दिन्छ । यसैपनी फिल्ममा भारतीय फिल्मका चर्चीत खलपात्रहरु लगातार अनुबन्ध हुँदा दर्शक तथा शुभचिन्तकहरुले यसअघि नै फिल्म एक्सन जनरामा बन्न लागेको अड्कल काटेका थिए ।

चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा दक्षिण भारतीय फिल्मका चर्चित खलपात्र सुनिल वर्मा (सिनुभाई), गजनी भिलेन प्रदीपराज रावत, विश्व चर्चीत कलाकार ब्रह्मानन्दम, अली अनुबन्ध भइसक्दा नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेत अभिनयमा रहनेछन् । स्कृप्ट पूजा कार्यक्रममा नेपाल बाहिर रहेका कारण निर्देशक भने उपस्थित नभएको नीताले बताइन् ।

फिल्मलाई बलिउड सिनेमाटोग्राफर कबीरलालले खिच्नेछन् । फिल्मको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् । मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहेको फिल्मको कास्टिङ डिरेक्टर धनञ्जय घलानी हुन् । दशैंपछि फिल्म फ्लोरमा जानेछ । लभ कपल नीता र हरिहर यहि असार २४ गते वैवाहिक बन्धनमा बाँधिदै छन् । हाल अमेरिकामा रहेका निर्देशक पन्तले नेपाली फिल्मलाई विश्वव्यापी बनाउने उद्देश्य स्वरूप यो फिल्ममा नेपाल र भारतीय कलाकारहरुको फ्युजन बनाएको भन्दै कुनै आशंका नगर्न आग्रह गरे ।

Loading...
Comments