Logo

नियुक्तिको पहिलो सातामै सरकार बिरुद्ध खनिए भुवन केसी !

चलचित्रकर्मीहरूको आंकलनलाई सत्यता दिँदै गत हप्ता अभिनेता तथा निर्माता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए । गत बैशाखमा सत्तारूण दल नेपाली कांग्रेस प्रवेश गरेका भेट्रान कलाकार केसीलाई कांग्रेसले पार्टी प्रवेशको पुरस्कार स्वरूप चलचित्र क्षेत्रको सर्वोच्च संस्थाको साँचो थमायो ।

यसैपनि सक्षम भन्दै भुवन केसी कांग्रेस प्रवेश गरेर बोर्ड अध्यक्ष हुनु नपर्नेदेखि महिलासँग जोडिएर बाहिरिएका उनका विभिन्न किस्सा जोड्दै उनको नियुक्तिपछि मिडिया र सामाजिक सञ्जालमा ठूलै बहस भए । भलै केसी २ वर्षको लागि बोर्ड अध्यक्ष भइसकेका छन् ।

गत साता बोर्ड अध्यक्षको पदभार ग्रहण गरेका केसीले चलचित्र क्षेत्रसँग जोडिएका संस्थाहरूको तर्फबाट पहिलो सम्मान तथा बधाई बुधबार थापे । जहाँ उनले आफैलाई नियुक्ति दिएको सरकार बिरुद्ध आवाज उठाउन भने पछि परेनन् । नेपाल चलचित्र संघको तर्फबाट बधाई थाप्दै केसीले चलचित्र क्षेत्रको विकासमा सरकारले सहयोग नगरेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले गर्नुपर्ने सहयोग चलचित्र क्षेत्रले पाइरहेको छैन्, आश्वासनको भरमा चलचित्र क्षेत्र चलायमान हुनसक्दैन ।’ उनले चलचित्रकर्मीहरूको हितको लागि नै बोर्ड अध्यक्षमा आफु आएको भन्दै चलचित्र क्षेत्रको समस्या समाधानको लागि आफु प्रतिवद्ध रहेको बताए ।

आफुपनि सरकारी पदमै पुगेको भन्दै भोलीको दिनमा सरकारले चलचित्र क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउँदै यस क्षेत्रको वृत्तिविकासमा ध्यान केन्द्रीत गराउने केसीले बताए ।

Loading...
Comments