Logo

फ्राइडे रिलिजः ‘म’सँगै हलमा ‘चपली हाईट ३’को पुनरागमन

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली फिल्म ‘म’ प्रदर्शनमा आएको छ । यस्तै कोरोना महामारीले प्रभावित फिल्म ‘चपली हाईट ३’ ले पनि पुनः प्रदर्शनी थालेको छ ।

दुबै फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएका छन् । ‘म’लाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । यो फिल्ममा सरोज खनाल, संजोग रसाइली, निराजन प्रधान, निशा अधिकारी, पुनम श्रेष्ठ, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्कालगायतको अभिनय छ । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जिङ्ग पाल्देनको छायांकन र वनिश शाहको सम्पादन छ । फिल्मको निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् ।

यस्तै अर्जुनकुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको ‘चपली हाईट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, अर्पण थापा, लक्ष्मी बर्देवा मुख्य अभिनयमा छन् । यो फिल्म

Loading...
Comments