Logo

माईती प्रेम दर्शाउँदै सुष्माले ल्याइन् ‘तीज चीज भयो’ |भिडियो

नारीहरूको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा कलाकर्मीहरू यो पर्वलाई जोडेर विभिन्न सांगितिक कोशेलीहरू सार्वजनिक गर्नमा व्यस्त छन् । यो बीचमा हालै गायिका सुष्मा लोहनीको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । दिदीबहिनी तथा माईतीलाई समर्पित गर्दै सुष्माले ‘तीज चीज भयो’ बोलको गीत ल्याएकी हुन् ।

गीतमा नारीहरूको माईती प्रेम जोडिएको छ भने माईती गुमाउनु पर्दाको मार्मिक भाव व्यक्त गरिएको छ । गीतका शब्द प्रल्हाद सुवेदीले लेखेका हुन् । संगीत पनि प्रल्हाद सुवेदीको नै छ । मिक्सिङ र एरेञ्जको काम एचविएन किस्मतले गरेका छन् । तीज गायनमा गायिका सुष्माको यो पाँच बर्षपछिको पुनरागमन हो ।

गीतको भिडियोमा जुना सुन्दास र प्रल्हाद सुवेदीले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशनमा भिडियो निर्माण हुँदा सम्पादन नविन घर्ती मगर र छायांकन नवराज उप्रेतीको छ ।

गीत हेर्नुहोसः

 

Loading...
Comments