Logo

भिषण र मेलिनाको स्वरमा ‘भेट्नलाई आएँ’ सार्वजनिक

गायक भिषण राई र गायिका मेलिना राईको स्वरमा म्युजिक भिडियो ‘भेट्नलाई आएँ’ सार्वजनिक भएको छ । पुर्वेली म्युजिक भिडियो तथा रोशनी चलचित्र प्रोडक्शन प्रा.लिको आयोजनामा शुक्रबार धरानमा आयोजित एक कार्यक्रमका बीच उक्त म्युजीक भिडियो सार्वजनिक गरियो ।

प्रेम भाव बोल्ने गीतमा शब्द संगीत पनि गायक भिषणको नै छ । एरेञ्जको काम नोर्वु शेर्पाले गरेका छन् । पुर्वेली भाकाको उक्त गीतलाई धरानमा सार्वजनिक गर्दा दर्जनौं संगीतकर्मी तथा शुभचिन्तकहरूको उपस्थिति थियो ।

गीतको भिडियोमा सम्पादन तारा थापा ‘किम्भे’को छ भने छायांकन ‘युवराई राई (वीरबहादुर)को छ । किशोर सम्वाहङ्गे, निरञ्जली लामा, आरबी थेगेन, सोनु थेक्लेङ, दिपाना लावती अभिनयमा छन् । दिनेश मंग्वुको निर्देशनमा भिडियो तयार भएको हो ।

 

 

Loading...
Comments