Logo

अञ्जु र आशिषको ‘छुनुमुनु’मा आश्मा र सरोजको छमछमी |भिडियो

गयिका अञ्जु पन्त र गायक तथा संगीतकार आशिष अविरलको स्वरमा गीति भिडियो ‘छुनुमुनु छुनुमुनु’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्दै उक्त गीत सार्वजनिक गरियो ।

आयोजीत कार्यक्रममा गायक गायिकासँगै भिडियोमा फिचर्ड कलाकार चर्चीत डान्स ग्रुप कार्टुन क्रियूका आश्मा वि श्वकर्मा र सरोज अधिकारीले गीत राम्रो बनेको भन्दै दर्शक श्रोताको मन जित्ने विश्वास पोखे । अञ्जु र आशिषले गीत लाइभ गाएर सुनाएका थिए ।

गायक अविरलकै एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा सरोज अधिकारीको निर्देशन छ । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका छन् ।

Loading...
Comments