Logo

रोशनी फकाउँदै लक्ष्मण |भिडियो

लक्ष्मण शर्मा आचार्य (एलएस आचार्य)को नयाँ गीत ‘कहिले फकाउने’ सार्वजनिक भएको छ । प्रेमभाव जोडिएको उक्त गीतमा आचार्यकै शब्द तथा संगीत छ । गायनमा लक्ष्मणको अपोजिटमा अस्मिता अधिकारीलाई सुन्न सकिन्छ ।

युट्यूव मार्फत ईन्टरनेट रिलिज गरिएको सार्वजनिक गीतमा एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । मिक्सिङ तथा मास्टरीङ श्यामश्वेत रसाईलीको छ ।

गीतको भिडियोतर्फ गायक आचार्य स्वयंम फिचर्ड हुँदा उनलाई मोडल रोशनी कार्कीले साथ दिएकी छिन् । गीतले बोले झैं भिडियोमा लक्ष्मण र रोशनी फकाउँदै र सताउँदै देखिन्छन् । फराज अर्पणले छायांकन, निर्देशन र सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अभी लामाको छ ।

भिडियोः

Loading...
Comments