Logo

‘बुलाकी’ रिलिज नहुँदै विष्टले गरे ‘लाहाछाप’ घोषणा

हालसम्मको रिलिज घोषणा अनुसार आगामी फागुन १९ मा कम्तिमा पाँच फिल्मको भिडन्त पक्का छ । युवास्टार अनमोल केसीको फिल्म ‘छड्के २.०’, सुरक्षा पन्त स्टारर ‘बुलाकी’, हिट ब्यानर आमा सरस्वती मुभिजको ‘छक्का पञ्का ४’ आँचल शर्मा स्टारर ‘वर एण्ड वधु’ र सुरज पाण्डे निर्देशित ‘परस्त्री’ले एकै मितिमा आफ्नो प्रदर्शन रोजेका छन् ।

एकसाथ फिल्म रिलिजको घोषणा होडबाजीमा तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्ने रटान लिएका ‘बुलाकी’ निर्माता विराज विष्टले पोष्ट प्रोडक्सनको काम अन्तिम हुँदा अब उक्त फिल्मको ह्याङ्गओभरबाट बाहिर निस्केको भन्दै नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । ‘बुलाकी’ प्रदर्शनपछि काम सुरु हुने बताउँदै विष्टले ‘लाहाछाप’ नामको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।

‘बुलाकी’ अन्य जुनकुनै फिल्म आउँदा पनि तोकिएकै मितिमा रिलिज हुन्छ, अन्य फिल्मको र हाम्रो फिल्मको जनरा नै भिन्न हो, विष्टले भने, ‘त्यसपछि नयाँ टिम र स्टार कलाकारको साथमा काम गर्नेगरी ‘लाहाछाप’ निर्माणको तयारीमा जुटेको हुुँ ।’ आफ्नो कन्टेन्ट अब्बल हुँदा कोहि कसैसँग डराउनु नपर्ने भन्दै उनले ‘बुलाकी’लाई सफल बनाईछाड्ने दाबी गरे ।

स्कृप्टको काम सुरु गरेको बताउँदा ‘लाहाछाप’को ‘कास्ट एण्ड क्रू’बारे भने विष्टले खुलाउन चाहेनन् । ‘बुलाकी’मा भने विष्ट आफै पनि कलाकार छन् भने सुरक्षा पन्त, नरेन खड्कालाई पनि एकसाथ देख्न सकिनेछ । उक्त फिल्मलाई भने लक्ष्मण सुनारले निर्देशन गरेका छन् ।

Loading...
Comments