Logo

‘पशुपतिप्रसाद ३’ निर्माण घोषणा

काठमाडौं । ‘पशुपति प्रसाद’ को तेस्रो शृङ्खला निर्माण हुने घोषणा गरिएको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको अवसरमा निर्माण कम्पनि टुकी आर्ट्सद्वारा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माण हुने घोषणा गरिएको हो ।

निर्देशक दीपेन्द्रकुमार खनालले अपुरा कथा र छाडिएका पात्रलाई पुरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङ्खलामा शिर्ष भूमिका निर्वाह गर्दै छन् ।

रोजिना सिटौलाले निर्माण गर्नुहुने चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ थपिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । यो समुहले ‘पशुपति प्रसाद’, ‘धनपति’,‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरेका छन् । चलचित्रलाई काठमाडौँमा रीच इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

Comments