Logo

‘दयारानी’ गीत रिलिजः दीयाको मन चोर्दै दयाहाङ |भिडियो

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ मा समावेश गीत रिलिज गरिएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर सार्वजनिक गरिएको ‘चोरी चोरी’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र दीया पुनः फिचर्ड छन् ।

मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा संगीतकार रहेका मनोज र सदिक्षा कट्टेलको स्वर छ । आगामी माघ २६ गतेबाट फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । यो फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । कास्टिङ डारेक्टर मणिराम पोखरेल हुरहेको फिल्मलाई नेपालमा टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ ।

Comments