Logo

‘अगस्त्य च्याप्टर १’ फर्स्टलुक रिलिज, प्रदर्शन मिति घोषणा

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बनेको फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टरमा अभिनेता सौगात मल्ल भिन्न लूक्समा प्रस्तुत छन् । पोस्टरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ ।

आगामी फागुन १८ बाट दर्शकमाझ आउने घोषणासँगै पोस्टर रिलिज हुँदा निर्माण पक्ष प्रचार थालनीको मूडमा देखिन्छ । यो फिल्मलाई नेपालसँगै विश्वभर एकसाथ रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ । फिल्मको कथा पनि निर्देशक चौधरीकै हो ।

यो फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । कार्यकारी निर्मातामस विश्व गौचन र अभिषेक चौधरी छन् ।

Comments