‘पर्खि बसें तिमीलाई’ मायाको स्पष्ट परिभाषाः अभिनेत्री रक्षा

काठमाडौं । दीपक श्रेष्ठ नेपाली फिल्ममा लिजेण्ड निर्देशकमा चिनिन्छन् । पाका निर्देशक श्रेष्ठको २७ औं निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही पौष २७ गतेबाट प्रदर्शनमा आउँदैछ । ५०,६० देखि ७० को दशकमा बन्ने नेपाली फिल्म र पछिल्लो सम्यमा बनिरहेका नेपाली फिल्मको परिवेशमा धेरै फरक आइसकेको छ । नेपाली फिल्मको लागि पर्व मानिने माघेसंक्रान्तिको छेकोमा प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर श्रेष्ठमा कौतुहलता छ । उनिमा जस्तै कौतुहलता फिल्मका कलाकारमा पनि छ ।
यो फिल्मबाट दुई नयाँ अनुहार किरण श्रेष्ठ र रक्षा बुढाथोकीले पहिलोपटक ठुलोपर्दामा मुख्य भूमिका निर्वाह गर्दैछन् । फिल्मकी मुख्य अभिनेत्री बुढाथोकी बाल्यकालदेखि नै फिल्म प्रतिको लगावलाई यो फिल्मले मूर्तरूप दिएको भन्दै खुसी व्यक्त गरिन् ।

‘मेरो अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो फिल्म हो, उनि भन्छिन्ः बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिएँ ।’उनले बाल्यकालदेखि नै फिल्म निर्देशकका रुपमा देखेको पाका निर्देशक दीपक श्रेष्ठसँग काम गर्न पाउँदा उत्साहित भएको बताइन् ।
अनुभवी निर्देशकको एक्सन कटमा काम गर्दा सहज भएको, धेरै कुरा सिकेको सुनाउने बुढाथोकीले फिल्ममा आफ्नै उमेर समुहकी युवतीको भूमिका निर्वाह गरेको बताइन् । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउँदिन । आकाश अर्थात् किरणसँगको प्रेम नै फिल्मको कथासार हो । तर, त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छुः बुढाथोकी गुञ्जिइन् । सोहि फिल्ममा लिजेण्ड अभिनेता शिव श्रेष्ठसँग काम गर्न पाउनु पनि धेरै सिकाईको विषय बनेको उनको भनाइ छ ।
हेर्नुहोस् फिल्मको ट्रेलरः







