Logo

मुम्बईमा अनुप र ऋतिक जम्काभेट, वलिउड ईन्ट्रिको तयारी ?

काठमाडौं । नेपाली फिल्ममा ‘स्टाइलिस्ट एक्टर’को रूपमा परिचित अभिनेता अनुपबिक्रम शाही ‘मल्टि ट्यालेन्ट’ अभिनेतामा गनिन्छन् । ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१३’ का विजेता अनुपले त्यसयता दर्जनौं फिल्ममा अभिनय गरेका छन् । लगातार पछिल्लो तीन सिजन ‘हिमालय रोडिज’को कोच रहँदै आएका उनि हालसम्म दुई दर्जनबढि ब्राण्डसँग बजार प्रवर्धनमा आवद्ध भइसकेका छन् ।

तीन वर्षदेखि विश्वचर्चीत पेय पदार्थ ‘माउन्टेन ड्यू’को नेपाल एम्वेस्डर रहेका उनले उक्त ब्राण्डको प्रमोशनमा पनि आफुलाई उपस्थित गराउँदै आएका छन् । उक्त ब्राण्डलाई भारतमा हिन्दी भाषामा सुपरस्टार ऋतिक रोशनले र दक्षिण भारतमा तलेगु सुपरस्टार महेशबावुले बजार प्रवर्धन गर्ने गर्छन् ।

यतिबेला भारतको फिल्म नगरी मुम्बईमा रहेका अनुपले बलिउड सुपरस्टार ऋतिक रोशनसँग भेट गरेका छन् । फिल्मीनेपाललाई प्राप्त चल तथा अचल दृश्यमा अनुप र ऋतिक ‘कूल अबतार’मा देखिन्छन् । ऋतिकसँगको भेटपछि अनुपले उनलाई ‘डाउन टू अर्थ’ अभिनेताको रूपमा पाएको बताए । भेटमा नेपाली फिल्म उधोग, नेपालमा वलिउड फिल्मको क्रेजबारे कुरा भएको अनुपले बताए । भेटमा ऋतिकले नेपालले आफुलाई सधैं माया दिएको र नेपालप्रति सधैं सम्मान रहेको बताएको भन्दै एक्सन प्रधान फिल्मको बारेमा चासो राखेको अनुपले सुनाए ।

मुम्बईमा विभिन्न फिल्म निर्देशकहरूसँग समेत भेट गरेको बताउँदै अनुपले ऋतिकसँग वलिउड सहकार्यको संभावनाबारे राखिएको जिज्ञाशामा केहि खुलाउन चाहेनन् । माउन्टेन ड्यूको बजार प्रवर्धनमा छुट्टाछुट्टै फ्रेममा देखिएका दुई अभिनेता एउटै फ्रेममा देखिनु आफैमा अर्थपूर्ण मान्न सकिन्छ ।

अनुपले यसअघि नै सिक्किमको एक यथार्थ कथामा आधारित हिन्दी भाषाको भारतीय फिल्म ‘जार’मा प्रमुख भुमिका निभाएका छन् । भारतको राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गिताञ्जली थापा प्रमुख अभिनेत्री रहेको उक्त फिल्म यो वर्ष प्रदर्शनमा आउँदैछ । फेब्रुअरीबाट फ्लोरमा जाने नयाँ नेपाली फिल्मको तयारीमा रहेका अनुपले धेरै कुरा नखुलाएरै हालैको मुम्बई बसाइलाई ‘सरप्राइज प्याकेज’ भनेका छन् ।

अभिनेता अनुपबिक्रम शाहि र फोटोग्राफर रोहन श्रेष्ठ

हालै मात्र इन्स्टाग्राममा उनले विश्वचर्चीत सु-प्रसिद्ध फोटोग्राफर रोहन श्रेष्ठसँगको तश्विर समेत सेयर गरेका छन् । विश्व चर्चीत खेलाडी, वलिउडमा प्रायः सबै स्टार कलाकारहरूको ‘फोटोसूट’ गरिसकेका रोहनले हालसम्म कुनै पनि नेपाली कलाकारहरूको तस्विर सूट गरेका छैनन् । रोहनसँगको तश्विरले समेत अनुपको मुम्बई बसाइलाई थप केहि विशेष रहेको पुष्टि गर्छ ।

Comments