Logo

‘फर्की फर्की’ बिजनेसमा ‘जेरी अन टप’ निर्माताको छड्के, अनमोलको स्टारडम प्रमाणित !

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ यतिबेला उत्साहप्रद दर्शकको साथसहित हलमा पर्दर्शनरत छ । बुद्ध जयन्तिको अबसरमा गत बिहिबार रिलिज भएको फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै बम्पर बिजनेसलाई निरन्तरता दिईरहेको छ ।

शनिबार दिनभर फिल्मले हाउसफूल व्यापार गर्दा कलाकारहरू दर्शकसँग साक्षात्कार गर्न हल-हलमा पुगेका थिए । अभिनेत्री जसिता गुरुङसहित हलमा पुगेका अनमोल दर्शकहरूबाट घेरिए । दर्शकले काँधमा बोक्नेदेखि सेल्फीमा रमाउँदा अनमोलको अनुहारमा गज्जबको चमक देखिन्थ्यो । फिल्मको इनिसियल बिजनेसले अनमोलको स्टारडम प्रमाणित गरेको छ ।

‘फर्की फर्की टिम कलाकारसहित हलमा पुग्दा सँगसँगै देखिन्थे अनमोलको पाइपलाइनमा रहेको आगामी प्रोजेक्ट ‘जेरी अन टप’ निर्माता सरोज न्यौपाने । बहुसंख्यक दर्शकले भरिपूर्ण हलमा भेटिएका न्यौपानेले अनमोलको स्टारडमबाट बेग्लै उत्साह मिलेको बताए । अनमोलको अभिनय र स्टारडमा प्रश्न गर्नेहरूको मुख बन्द भएको छ, ‘फर्की फर्की’को इनिसियल सफलताले थप उत्साह र हौसला थपेको छ, न्यौपानेले भने ।

शनिबार साँझ नै न्यौपानेले सामाजिक सञ्जालमा पोष्ट गर्दै हल रिपोर्टमा प्रतिस्पर्धि फिल्म भन्दा ‘फर्की फर्की’ बिजनेस २० प्रतिशत माथि रहेको उल्लेख गरेका छन् । राजधानीका हरेक हल पुग्दा सम्बन्धित व्यवस्थापन टिमसँगको जानकारीबाट नै सो कुरा सामाजिक सञ्जालमा उल्लेख गरेको हुँ, न्यौपानेले भने ।

एकै मितिमा नाम चलेका ब्यानरमा दुई ठुला फिल्म रिलिज हुँदा पनि अनमोलको स्टारडम माथी नै देखियो, न्यौपाने दाबीसहित भन्छन्,’नेपालमा अहिले कुनै एक कलाकारको नाममा दर्शकले हल भरिन्छ, सिट पाउन हम्मे पर्छ भने त्यो नाम अनमोल हो, ‘फर्की फर्की’मा देखिएको क्रेजले ‘जेरी अन टप’लाई उत्कृष्ट बनाउन र दर्शकलाई सन्तुष्टि प्रदान गर्नेगरि काम गर्न थप हौसला मिलेको छ ।’ निर्देशक सुयोग गुरुङ र अनमोलको ट्युनिङले पनि उत्साहित बनाएको उनि बताउँछन् ।

करिब ९ बर्ष पहिले रिलिज भएको अनमोलको करियरको दोस्रो फिल्म ‘जेरी’ नामसँगै जोडिएर ‘जेरी अन टप’ बन्न लागेको हो । यो फिल्मलाई पनि ‘फर्की फर्की’ फेम्ड सुयोगले नै निर्देशन गर्दैछन् । यहि जेठको अन्तिम साताबाट फ्लोरमा जानेगरि निर्माण टिम तयारीमा जुटिरहेको छ । फिल्मलाई सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिनेछ । अनमोलसँगै आना शर्मा फिल्मको प्रमुख अभिनेत्रीमा छन् ।

Loading...
Comments