Logo

‘आ बाट आमा’ एकसाथ दुई पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’ टिमले एकसाथ २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरि दुई पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मका सबैजसो प्रमुख कलाकार फिचर्ड छन् ।यो फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। निर्देशक पन्तकै लेखन, पटकथामा निर्माण भएको फिल्म आर्या पन्तको प्रस्तुतिमा तयार भएको हो ।

विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम फिल्मका कलाकारहरू हुन् । फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ ।

Comments