Logo

‘मन बिनाको धन’मा समावेश ‘बा आमा’ गीत सार्वजनिक |भिडियो

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’मा समावेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ ।

देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले राम्रो साथ दिएका छ्न् । फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।

यो चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।

Comments